लागूऔषध नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको छ : डीआइजी कार्की
धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले लागूऔषध कारोबार नियन्त्रणका लागि निर्देश दिएका छन् ।
आज जिल्ला प्रहरी कार्यालय धनकुटामा नियमित अनुगमन तथा निरीक्षणमा आएका डिआइजी कार्कीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले पछिल्लो समय कोशी प्रदेशका केही जिल्लामा लागूऔषध कारोबार फस्टाउँदै गएको बताए । यसको विशेष निगरानीका लागि जिल्ला प...






























