संगालोखबर


विराटनगर । इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा बेलिब्रिज संचालनमा आएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बेलिब्रिजको संयुक्त रूपमा उद्‌घाटन गरेका हुन् ।

भारत सरकारको सहयोगमा जडान भएको बेलिब्रिज सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्म आवत-जावत गर्न सहज भएको छ ।

Advertisement

बेलिब्रिज ४८.८ मिटर लामो रहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । एक करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर-शुभारम्भ-एरिसा जेभीले बेलिब्रिजको निर्माण गरेको हो ।

बेलिब्रिज संचालनमा आएसँगै यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरूको बजारीकरणमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!