
सप्तरी । सप्तरीको राजविराज विमानस्थलबाट साउदी रियालसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् ।
सप्तरी प्रहरीका अनुसार बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो ।
उनले रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । प्रहरीले बरामद रकमसहित आलमलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी गरेको छ ।

संगालोखबर 













