संगालोखबर


विराटनगर । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउ नसक्दा कारागार परेका २८ वर्षीय विकास राईको मृत्यु भएको हो ।

भोजपुरको हतुवागढी गाउँपालिका-८ घर भई धरान उपमहानगरपालिका-१२ बस्दै आएका राई आज बिहान एक्कासि बेहोस भएर ढलेपछि जिल्ला अस्पताल लगिएको थियो ।

Advertisement

उनको उपचारका क्रममा मृत्यु भएको झम्का कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । ‘बेलुका औषधी खाएर सुतेका रहेछन्’, लामिछानेले संगालोखबरसँग भने, ‘बिहान बेहोस भएपछि अस्पताल लगिएकोमा मृत्यु भयो ।’

लामिछानेका अनुसार लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गते कारागार चलान भएका थिए । २५ हजार धरौटी तिर्न नसकेका कारण उनी कारागार चलान भएका जेलर लामिछानेको भनाइ छ ।

उपचारको क्रममा बिहान करिब ५ः४५ बजे मृत्यु भएका राईको शव जिल्ला अस्पतालमै रहेको जेलर लामिछानेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!