विराटनगरमा स्कारपियो भित्र भेटियो १५५ किलो गाँजा, चालकसहित दुई जना पक्राउ
विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय सुरज राई छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
को १ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट एक सय ५५ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्...































