झापामा घरमा लागेको आगो निभाउने क्रममा चार जना घाइते
विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-४ स्थित घरमा लागेको आगो नियन्त्रणमा लिने क्रममा एकै परिवारका चार जना घाइते भएका छन् । आज बिहान रोटी पकाउने क्रममा ६० वर्षीय पुण्यप्रसाद ओलीको घरमा आगलागी भएको हो ।
तीन तले पक्की घरको दोस्रो तालको भान्सा कोठामा बिहान ८ः४० बजेतिर ग्यासबाट आगलागी भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आगो निभाउने क्रममा पुण्यप्रसाद, उनका छोरा...






























