बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने
विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ । आगामी फागुन १६ देखि २० गतेसम्म तमु बुद्विष्ट गुम्बामा प्रर्दशनी गर्न लागेको हो ।
समसामयिक र परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोक कला साथै टिपिकल रैथाने कला प्रदर्शनी हुने छन् । यस्तै प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको...

























