चित्रेमा गाडीबाट खसेर एक जनाको मृत्यु

चित्रेमा गाडीबाट खसेर एक जनाको मृत्यु

धनकुटा, २० पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–९ चित्रेमा बिहिबार राति गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा छथर जोरपाटी गाउँपालिका–५ का १७ बर्षीय दासाङ कुमार तामाङ छन् । तेह्रथुमबाट धनकुटा तर्फ आउँदै गरेको को.२ च.९१३ नम्बरको बलेरो पिकअपबाट खसेर तामाङ घाईते भएका थिए । राति करिव साँढे ९ बजे गाडीबाट खसेका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको...
धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै जीतपुरमा प्रदर्शन (फोटो फिचरसहित)

धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै जीतपुरमा प्रदर्शन (फोटो फिचरसहित)

धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । जीतपुरबासीले प्रदर्शन गर्दै धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गरेका हुन् । ‘धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर, धनकुटेलीको आन्दोलनमा समर्थन छ, पहाड बचाउ अभियानमा संलग्ना हौं’ लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरिएको थियो । स्थानीयबासीसँगै ...
सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी (भिडियोसहित)

सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी (भिडियोसहित)

धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज प्रहरीको सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका जिल्लाबासीले कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका हुँन । तालाबन्दी गर्ने क्रममा प्रहरी र आन्दोलनकारीवीच घम्साघम्सी भएको छ । आक्रामक रुपमा प्रस्तुत...
धनकुटामा राजधानी माग्दै दोस्रो दिनपनि आमहड्ताल जारी, जनजीवन अस्तब्यस्त

धनकुटामा राजधानी माग्दै दोस्रो दिनपनि आमहड्ताल जारी, जनजीवन अस्तब्यस्त

धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्तालको दोस्रो दिन आज पनि जनजीवन प्रभावित बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । कोशी राजमार्गसहित जिल्लाका सवै भित्री सडकमा पनि सवारी साधन ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । यातायात बन्द गराउँन सयौं ...
भोजपुरमा आमा छोरा माथी खुकुरी प्रहार

भोजपुरमा आमा छोरा माथी खुकुरी प्रहार

भोजपुर, २० पौष । भोजपुरको पौवादुम्मा गाउँपालिका – २ स्थित हाबुमा  खुकुरी प्रहारबाट आमा छोरा घाइते भएका छन्। घाइते हुनेमा पौवादुम्मा –२ हाबु बस्ने ३० बर्षिया रामकला राई र उनकै ८ महिनाको छोरा अर्पण राई रहेका छन्।  उनीहरुलाई छिमेकी मानसिक सन्तुलन ठिक नभएका ४० बर्षिय शान्ता कुमार राईले बुधबार दिउँसो १२ बजेतिर खुकुरी प्रहार गरेको  प्रहरीको भनाई छ । खुकुरी प्रहारबाट घाइते उनीहरुको न्यूरो अस्पताल विर...
धनकुटामा अव आन्दोलन आक्रामक हुने

धनकुटामा अव आन्दोलन आक्रामक हुने

धनकुटा, २० पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै जिल्लामा आवहन गरिएको अनिश्चितकालिन आमहड्तालको दोस्रो दिन बन्दकर्ताहरु अझै आक्रामक रुपमा प्रस्तुत हुने भएका छन् । आन्दोलन परिचालन समितिको बुधबार साँझ बसेको बैठकले बिहीबारदेखि बन्दलाई अझ शसक्त बनाउँने निर्णय गरेको छ । पहिलो दिनको बन्दको समिक्षा गर्दै दोस्रो दिनको बन्द अझै शसक्त बनाउँने निर्णय भएको आन्दोलन परिचालन समिति संयोजक सुन...
धनकुटामा गाडी तोडफोडको आरोपमा पक्राउ परेका युवाको रिहाई

धनकुटामा गाडी तोडफोडको आरोपमा पक्राउ परेका युवाको रिहाई

धनकुटा, १९ पुस । धनकुटामा बन्दको समयमा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका एक युवा बुधबार राति छुटेका छन् । आन्दोलन परिचालन समिति र प्रहरी प्रशासनवीच भएको बर्तापछि संखुवासभा घर भई धनकुटामा डेरागरी बस्दै आएका सुमन कटुवाल छुटेका हुन । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज दिउँसो चार वटा गाडी तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटुवाललाई बुधबार साँझ धनकुटाको हुलाकटोलब...
धनकुटामा गाडी तोडफोड गरेको आरोपमा एक युवा पक्राउ, रिहाईको माग गर्दै प्रदर्शन

धनकुटामा गाडी तोडफोड गरेको आरोपमा एक युवा पक्राउ, रिहाईको माग गर्दै प्रदर्शन

धनकुटा, १९ पुस । बन्दको समयमा गाडी तोडफोड गरेको आरोपमा धनकुटाका एक युवालाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । संखुवासभा घर भई धनकुटा–६ मा डेरागरी बस्दै आएका सुमन कटुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज दिउँसो चार वटा गाडी तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटुवाललाई पक्राउ गरेको हो । पक्राउ परेका कटुवालको रिहाई माग गर्दै धनक...
धनकुटामा बन्दका क्रममा चार वटा गाडी तोडफोड, बन्दकर्ता आक्रामक बन्दै

धनकुटामा बन्दका क्रममा चार वटा गाडी तोडफोड, बन्दकर्ता आक्रामक बन्दै

धनकुटा, १९ पुस । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज चार वटा गाडी तोडफोड गरिएको छ । बन्दकर्ताले दुई वटा सरकारी, एउटा भाडा र एउटा सस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै धनकुटाको आत्मारामा को.१ झ.१६९ नम्बर र को.१ झ.४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको छ । त्यस्तै गोठगाउँमा ना.१ ज ६४११ नम्बरको टाटासुमो र आत्मारामा ना.७ ख.४७६० नम्बरको दुग्ध बोकेको गाडी तोडफोड गरिएको ...
धनकुटामा बन्द अवज्ञा गरेको भन्दै सरकारी गाडी तोडफोड

धनकुटामा बन्द अवज्ञा गरेको भन्दै सरकारी गाडी तोडफोड

धनकुटा, १९ पुस । धनकुटामा बन्द अवज्ञा गरेको भन्दै आज एउटा सरकारी गाडी तोडफोड गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको आत्मारा ढाटमा को.१ झ ४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो । बन्द उल्लंघन गरेकाले बन्दकर्ताले मोरङ जिल्ला कारागारको उक्त गाडीको लुकिङ ग्लास लगायत तोडफोड गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । सरकारले अस्...
आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित

आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित

धनकुटा, १९ पुस । सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा आजदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् । आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन हुँन सकेका ...
धनकुटामा अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटामा अनिश्चितकालिन आमहड्ताल घोषणा

धनकुटा, १९ पुस । सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा बुधबारदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् । धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आमहड्ताल जारी रहने आन्दोलन परिचालन समिति संयोज...
धनकुटाको चक्काजामका यस्ता छन चौध तस्वीर

धनकुटाको चक्काजामका यस्ता छन चौध तस्वीर

धनकुटा, १८ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । प्रादेशिक राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा दिउँसो एक घण्टा चक्काजाम गरेका हुन् । स्थानीय जिरोपईन्ट सयौंको संख्यामा भेला भएका स्थानीयबासीले दिउँसो १२ देखि १ बजेसम्म सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । चक्का...
धनकुटामा प्रादेशिक राजधानी माग्दै राजमार्ग अवरुद्ध, बजार बन्द गरेर प्रदर्शन

धनकुटामा प्रादेशिक राजधानी माग्दै राजमार्ग अवरुद्ध, बजार बन्द गरेर प्रदर्शन

धनकुटा, १८ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । प्रादेशिक राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा दिउँसो एक घण्टा चक्काजाम गरेका हुन् । स्थानीय जिरोपईन्ट सयौंको संख्यामा भेला भएका स्थानीयबासीले दिउँसो १२ देखि १ बजेसम्म सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । चक्का...
मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मौरी चराउने किसानको आम्दानी वार्षिक ३० लाख

मोरङ, १८ पुस। तपाईले गाईभैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उहाँले जंगलमा लगेर मौरी चराउने गर्नुभ...
डाँडागाउँलाई गरियो पूर्ण सरसफाई उन्मुख स्वघोषणा (फोटो फिचरसहित)

डाँडागाउँलाई गरियो पूर्ण सरसफाई उन्मुख स्वघोषणा (फोटो फिचरसहित)

धनकुटा, १८ पुस । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँलाई जिल्लाकै दोश्रो तथा महालक्ष्मी नगरको पहिलो पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणिकरण गरिएको छ । वडामा रहेका ४ सय ५० घरधुरीले पूर्ण सरसफाई सम्वन्धि सवै सुचक पुरा गरेपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले मानव जिवनलाई अगाडि वढाउन स्वास्थ्य तथा सरसफाई नै सवैभन्...
धनकुटामा राजधानी माग गर्दै बृहत प्रदर्शन, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

धनकुटामा राजधानी माग गर्दै बृहत प्रदर्शन, क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

धनकुटा, १७ पुस । धनकुटाबासीले प्रादेशिक राजधानी माग गर्दै आज बजारमा बृहत प्रदर्शन गरेका छन् । प्रदर्शन पश्चात क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिईएको छ । स्थानीय मदनचौकबाट सुरु भएको जुलुश बजारका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेको थियो । क्षेत्रीय प्रशासन कार्यालयमा दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएर धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरिएको हो ...
धनकुटामा कर्मचारी बिरुद्ध प्रदर्शन, भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

धनकुटामा कर्मचारी बिरुद्ध प्रदर्शन, भवन निर्माण कार्यालयमा ढुंगा प्रहार, स्थिती तनावपूर्ण

धनकुटा, १७ पुस । प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो । भौतिक संरचनाको मर्मतमा बढी खर्च लाग्ने देखाएर गलत प्रतिवेदन केन्द्रमा पठाएको भन्दै ...
राष्ट्रिय पोशाकको संरक्षण गर्न ताप्लेजुङमा निकालियो प्रभातफेरी

राष्ट्रिय पोशाकको संरक्षण गर्न ताप्लेजुङमा निकालियो प्रभातफेरी

ताप्लेजुङ, १७ पुस । नेपाली पोशाक प्रति नेपालीहरुको नै आकर्षण घट्दै गएको भन्दै ताप्लेजुङका युवाहरुले सोमबार ताप्लेजुङ सदरमुकाममा राष्ट्रिय पोशाकमा सजिएर प्रभातफेरी निकालेका छन् । नेपाली संस्कृतिलाई संक्रमणबाट जोगाउन ‘नेपाली पोसाक’ पहिरीएर विभिन्न जात जातिको झाँकीसहित र्‍यालीले सदरमुकाम फुङ्लिङ बजार परिक्रमा गरेको थियो । प्रभातफेरीमा व्राहृमण, लिम्बु, दमाईलगायत जिल्लामा रहेका विभिन्न जात ज...
धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

धनकुटा, १७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज बजार बन्द गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, जितपुर लगायत जिल्लाका अधिकांस बजार बन्द गरिएको हो । राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले स्वतस्फुर्त रुपमा बजार बन्द गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका हुँन । धनकुटाका सवै बजार क्षेत्रमा बिहानै देखि बज...
पूर्वाञ्चलमा यो वर्ष ६० जनाको हत्या

पूर्वाञ्चलमा यो वर्ष ६० जनाको हत्या

विराटनगर, १७ पुस। पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना ...
बजार बन्द गरेर क्षेत्रीय प्रशासनमा धर्ना दिईने

बजार बन्द गरेर क्षेत्रीय प्रशासनमा धर्ना दिईने

धनकुटा, १६ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै सोमबार (भोली) धनकुटा बजार बन्द गरिने भएको छ । प्रादेशिक राजधानीका लागि आन्दोलनरत धनकुटेलीहरुले बजार बन्द गरेर सरकारलाई राजधानी घोषणा गर्न दवाव दिने भएका हुँन् । बजार बन्द गरेर बिहान ११ बजे मदनचौकमा भेला भई जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेर दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धर्ना दिईने आन्दोलन परिचालन समिति संयो...
भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

भेडेटारमा सुरु भयो छैठौ फुड फेष्टिवल

धनकुटा, १६ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं.१ को पर्यटकीय केन्द्र वनाउन पहल गर्ने वताएका छन । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्...
धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटामा रित्तो थाल ठटाएर राजधानी माग (फोटो फिचरसहित)

धनकुटा, १६ पुस । धनकुटामा प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् । राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराउँन रित्तो थाल जुलुश प्रदर्शन गरिएको हो ।राजनीतिक दलका नेताहरुको अगुवा...
धनकुटा नगरपालिकाले प्रादेशिक राजधानीका लागि सवै बजेट खर्च गर्ने

धनकुटा नगरपालिकाले प्रादेशिक राजधानीका लागि सवै बजेट खर्च गर्ने

धनकुटा, १५ पुस । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन सरकार तयार भएमा नगरपालिकाको बार्षिक सवै बजेट राजधानीका लागि आवश्यक पूर्वाधार बिकासमा खर्च गर्ने बताएका छन् । धनकुटा महिला बचत तथा ऋण सहकारी सस्थाको पाँचौ बार्षिक साधारणसभालाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । प्रादेशिक राजधानीका लागि धनकुटामा आवश्यक पूर्वाधार नभएको हल्ला फिजाईएको प्रति गुनासो गर्द...
भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

भेडेटारमा ‘फुड फेष्टिवल’ को तयारी पुरा

धनकुटा, १५ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भोलीदेखि धनकुटाको भेडेटारमा सुरु हुँने छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सवको तयारी पुरा भएको छ । फेष्टिवलका लागि स्टल, तोरन बत्ति, स्टेज लगायतको सम्पूर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले संगालोखबरलाई जानकारी दिएका छन् । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व...
धनकुटामा राजधानी माग्दै रित्तो थाल ठटाएर प्रदर्शन गरिने, नेताको अगुवाईमा आन्दोलन हुँने

धनकुटामा राजधानी माग्दै रित्तो थाल ठटाएर प्रदर्शन गरिने, नेताको अगुवाईमा आन्दोलन हुँने

धनकुटा, १५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलित जिल्लावासीले आईतबार (भोली) धनकुटा बजारमा रित्तो थाल ठटाएर प्रर्दशन गर्ने भएका छन् । प्रादेशिक राजधानी संर्घष समितिको आज अपरान्ह बसेको वैठकले सांकेतिक रुपमा रित्तो थाल ठटाएर प्रदर्शन गर्ने निर्णय गरेको हो । दिउँसो १२ बजे मदनचौकमा भेला भएर रित्तो थाल ठटाएर बजारमा प्रदर्शन गर्ने निर्णय भएको बैठकमा सहभागि एमाले प्रचार बिभाग...
धनकुटामा आधुनिक बसपार्क बन्ने

धनकुटामा आधुनिक बसपार्क बन्ने

धनकुटा, १५ पुस । धनकुटामा व्यवस्थित बसपार्क निर्माण हुने भएको छ । हालको बसपार्क रहेको स्थानमा आधुनिक बसपार्क निर्माणको तयारी गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले संगालोखबरलाई जानकारी दिएका छन् । बसपार्क निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ । नगरपालिकाले १ करोड रकम विनियोजन गरेर टेण्डर आव्हानसमेत गरिसकेको नगर प्रमुख तामाङले बताए । नयॉ बन्ने बसपार्क क्षेत्रमा धनकुटा...
धनकुटाका उद्यमीले पाउने भए अनुदानमा औजार

धनकुटाका उद्यमीले पाउने भए अनुदानमा औजार

धनकुटा, १४ पुस । धनकुटामा लघु तथा साना उद्योगमा सम्लग्न उद्यमीलाई अनुदानमा मेसिन तथा औजार वितरण गरिने भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई आवश्यक पर्ने मेसिन तथा औजार वितरण गर्ने भएको हो । प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत अनुदान पाएपछि २० प्रतिशत रकममा उद्यमीले मेसिन तथा औजार पाउँने उद्योग विकास शाखा प्रमुख सत्यनारायण राईले बता...
आँखिसल्लाको कुटपिट घटनापछि युवा संघले दियो यस्तो चेतावनी

आँखिसल्लाको कुटपिट घटनापछि युवा संघले दियो यस्तो चेतावनी

धनकुटा, १४ पुष । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका–६ मा बुधबार साँझ भएको कुटपिट घटनाको युवा संघ नेपाल धनकुटाले भत्सना गरेको छ । संघले आफ्नो संगठनका जिल्ला सदस्य प्रदिप भनिने समिर राईलाई मार्ने नियतले सांघातिक आक्रमण भएको जनाउँदै घटनामा सम्लग्न माथि कडा कारवाहिको माग गरेको हो । संघले प्रेस विज्ञप्ति जारी गर्दै सम्लग्न माथि तत्काल कारवाहि नभए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएको छ । स्थानीय साजन...
धनकुटामा श्रीमानको चरम यातनाबाट श्रीमति गंभिर घाईते, तीन दिनपछि उद्धार

धनकुटामा श्रीमानको चरम यातनाबाट श्रीमति गंभिर घाईते, तीन दिनपछि उद्धार

धनकुटा, १३ पुस । पतिको चरम यातनाका कारण धनकुटा–४ छारागाउँकी एक महिला गंम्भिर घाईते भएकी छिन् । स्थानीय ४८ वर्षिया सीता श्रेष्ठलाई उनका पति सीताराम श्रेष्ठले चरम यातना दिएका हुन् । तीन दिन अघि आफ्नै घरभित्र थुनेर कुटपिट गरि गम्भीर घाईते बनाईएकी श्रेष्ठलाई छिमेकी तथा आफन्तले विहिवार उद्धार गरि जिल्ला अस्पताल पुर्याएका थिए । उनका नाबालक छोराले छिमेकीलाई बताएपछि कुटपिटबाट अर्धचेत रहेकी श्रेष्ठको अवस्...
error: Content is protected !!