रबिन कटेल/संगालोखबर

धनकुटा, १९ पुस । सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा आजदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् ।

आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन हुँन सकेका छैनन् । बन्द गराउँनका लागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन् । सरकार बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध गरिरहेका छन् । यातायात ठप्प बनाएका जिल्लाबासीले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । जिरोपईन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा गाडी तेस्राएर सडक अवरुद्ध गरिएको छ ।

Advertisement

बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । सरकारी कदम बिरुद्ध आक्रोसित बनेर आन्दोलन चर्काउँने चेतावनी दिएका धनकुटाबासीले माग पुरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

बन्दका कारण सुनसान रहेको धनकुटा बसपार्क । तस्वीर : रबिन कटेल/संगालोखबर

अन्यत्र प्रादेशिक राजधानी नस्वीकारने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन् ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दवाव दिदै आएका धनकुटाबासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!