संगालोखबर सम्वाददाता

धनकुटा, १७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज बजार बन्द गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, जितपुर लगायत जिल्लाका अधिकांस बजार बन्द गरिएको हो ।

राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले स्वतस्फुर्त रुपमा बजार बन्द गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका हुँन । धनकुटाका सवै बजार क्षेत्रमा बिहानै देखि बजार, पसल ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

Advertisement
बन्द रहेको धनकुटा बजार । तस्वीर: रबिन कटेल/संगालोखबर

धनकुटा बजारबासीले बजार पसल बन्द गरेर राजधानी माग गर्दै प्रदर्शन गरिरहेका छन् । दिउँसो धनकुटा बजारमा जुलुश प्रदर्शन गरेर क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना दिईने आन्दोलन परिचालन समितिले जनाएको छ ।

यसअघि हिजो पनि धनकुटामा सांकेतिक रुपमा थाल जुलुश प्रदर्शन र काठमाण्डौंको माईतीघर मण्डलामा धर्ना दिईएको थियो ।

बन्द रहेको धनकुटा बजार । तस्वीर: रबिन कटेल/संगालोखबर

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटालाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

१ नम्बर प्रदेशका १४ वटै जिल्लाको वीचमा पर्ने, पर्याप्त भौतिक पूर्वाधार, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने माग गरेर जिल्लाबासीले चरणबद्ध आन्दोलन गर्दै आएका हुँन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!