देवकला कार्की/संगालोखबर

धनकुटा, १८ पुस । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँलाई जिल्लाकै दोश्रो तथा महालक्ष्मी नगरको पहिलो पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणिकरण गरिएको छ । वडामा रहेका ४ सय ५० घरधुरीले पूर्ण सरसफाई सम्वन्धि सवै सुचक पुरा गरेपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र राई । तस्बीर: देवकला कार्की/संगालोखबर

पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले मानव जिवनलाई अगाडि वढाउन स्वास्थ्य तथा सरसफाई नै सवैभन्दा महत्वपुर्ण हुँने बताए ।

Advertisement

उनले व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिदै सरसफाईका क्रियाकलापलाई व्यक्ति, परिवार तथा समुदायले निरन्तरता दिनुपर्ने धारणा राखे ।

वडाध्यक्ष भरत थापालाई प्रसंसा पत्र प्रदान गर्दै नगर प्रमुख पर्शुराम नेपाल । तस्बीर: देवकला कार्की/संगालोखबर

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल ईन्जिनयर रामप्रसाद दाहाल, फण्ड वोर्ड मानव संसाधन महाशाखाका प्रवन्धक टिका अधिकारी, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, टिम लिडर नरेशप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

महिला स्वास्थय स्वयमसेविकलाई प्रशंसा पत्र प्रदान गर्दै फण्ड वोर्डका टिका अधिकारी । तस्बीर: देवकला कार्की/संगालोखबर

सो अवसरमा वडामा पूर्ण सरसफाई सम्वन्धि अभियान सञ्चालनमा सहयोग गर्ने व्यक्ति, सघ–संस्था, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालय, वडा नागरिक मञ्च लगायतलाई प्रशंसा तथा कदरपत्र प्रदान गरिएको छ ।

घोषणा सभामा वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति अध्यक्ष एवं वडा अध्यक्ष भरत थापाले वडालाई पूर्ण सरसफाई राख्न वडावासीले पालना गर्नुपर्ने आचारसंहितासहित पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणिकरण घोषणा पत्र वाचन गरेका थिए ।

कार्यक्रममा सहभागिहरु । तस्बीर: देवकला कार्की/संगालोखबर

फण्ड वोर्ड काठमाण्डौ र पर्डेप नेपाल धनकुटाको सहयोगमा ०७३ साउन देखि वडामा पूर्ण सरसफाई सम्वन्धि क्रियाकलाप सञ्चालन गरिएको वडा सचिव खड्गवहादुर खत्रीले जानकारी दिए । यसका साथै अहिले थामडाँडा खानेपानी तथा सरसफाई आयोजना निमार्ण भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!