- रबिन कटेल/संगालोखबर

धनकुटा, १९ पुस । सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा बुधबारदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ ।

सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् ।

Advertisement

धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आमहड्ताल जारी रहने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । सरकारको यो कदमले धनकुटाबासी आक्रोसित बनेका छन । सरकारी कदम बिरुद्ध आन्दोलन थप चर्किने संकेत पनि देखिएको छ ।

आमहड्ताल आवहन गरेका जिल्लाबासीले दुई पांग्रे सवारी साधनसमेत गुड्न नदिने जनाएका छन् । अन्यत्र प्रादेशिक राजधानी नस्वीकारने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन् ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

प्रादेशिक राजधानी घोषणाका लागि पटक–पटक दवाव दिदै आएका धनकुटाबासीले पछिल्लो तीन साता यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!