धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले आज प्रहरीको सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका जिल्लाबासीले कर्मचारीलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका हुँन ।
तालाबन्दी गर्ने क्रममा प्रहरी र आन्दोलनकारीवीच घम्साघम्सी भएको छ । आक्रामक रुपमा प्रस्तुत भएका प्रदर्शनकारीले गेट तोड्दै क्षेत्रीय प्रशासन कार्यालयको बाहिरी भागमा रहेको बोर्ड फुटाएर फालेका छन् ।

प्रदर्शनकारीलाई रोक्न बाक्लो संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । तर, उनीहरुले प्रहरीको सुरक्षा घेरा छिचोल्दै कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुँन् ।
क्षेत्रीय प्रशासकले आन्दोलनलाई वेवास्ता गर्दै कार्यालयमा नआएर धनकुटा बाहिर बसेको भन्दै धनकुटेली आक्रोसित बनेका हुन । उनीहरुले सरकार र क्षेत्रीय प्रशासक बिरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शन र प्रहरीसँगको घम्साघम्सीका कारण दिनभर धनकुटा तनावपूर्ण बनेको छ ।

यसैवीच आक्रोसित प्रदर्शनकारीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि ढुंगा प्रहार गरेका छन् ।
प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचनाको अध्ययन प्रतिवेदन गलत तयार गरेर केन्द्रमा पठाएको भन्दै प्रदर्शनकारीले कार्यालयमा ढुंगा प्रहार गरेका हुन । स्थित तनावपूर्ण बनेपछि धनकुटामा सुरक्षा तैनाथी बढाईएको छ ।
भिडियो हेर्नुहोस् …
https://www.facebook.com/SangaloKhabarOnline/videos/1390003464443730/
प्रदर्शनका क्रममा गरिएको लाईभ हेर्नुहोस्…
https://www.facebook.com/SangaloKhabarOnline/videos/1389940774449999/