- देवकला कार्की/संगालोखबर

धनकुटा, १४ पुस । धनकुटामा लघु तथा साना उद्योगमा सम्लग्न उद्यमीलाई अनुदानमा मेसिन तथा औजार वितरण गरिने भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटाले ८० प्रतिशत अनुदानमा उद्यमीलाई आवश्यक पर्ने मेसिन तथा औजार वितरण गर्ने भएको हो ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत अनुदान पाएपछि २० प्रतिशत रकममा उद्यमीले मेसिन तथा औजार पाउँने उद्योग विकास शाखा प्रमुख सत्यनारायण राईले बताए ।

Advertisement
सामाग्री हस्तान्तरण गरिदै । फाईल तस्वीर

उद्योगका लागि आवश्यक कुटी काट्ने सामाग्री, पानी ट्यांकी लगायत उपकरण उद्यमीले अनुदानमा पाउने छन् । मेसिन पाउन कार्यालयमा ५७ जना उद्यमीले निवेदन दिएका छन् ।

निवेदन दिएका मध्ये २५ जनालाई छनोट गरि मेसिन प्रदान गरिने उद्योग विकास शाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!