धनकुटा, १५ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलित जिल्लावासीले आईतबार (भोली) धनकुटा बजारमा रित्तो थाल ठटाएर प्रर्दशन गर्ने भएका छन् । प्रादेशिक राजधानी संर्घष समितिको आज अपरान्ह बसेको वैठकले सांकेतिक रुपमा रित्तो थाल ठटाएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
दिउँसो १२ बजे मदनचौकमा भेला भएर रित्तो थाल ठटाएर बजारमा प्रदर्शन गर्ने निर्णय भएको बैठकमा सहभागि एमाले प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै रित्तो थाल ठटाएर सरकारको ध्यानाकर्षण गराउँन लागिएको हो ।
नेताले आन्दोलनको अगुवाई गर्ने
भोलीसँगै त्यसपछि हुँने आन्दोलनका कार्यक्रममा राजनीतिक दलका नेताहरुले अगुवाई गर्ने भएका छन् । एमाले, कांग्रेस, माओवादी लगायत दलका नेताहरुले आन्दोलनको अगुवाई गर्ने निर्णय भएको विश्वकर्माले बताएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै जिल्लाबासी चरणबद्ध आन्दोलनमा छन् ।
यसअघि पनि नियमित आन्दोलनका गतिबिधि हुँदै आएका छन् । धनकुटा देखि काठमाण्डौमा पनि दवावमूलक आन्दोलन भईरहेको छ । यसअघि धनकुटामा दैनिक प्रदर्शन गरेर हस्ताक्षर संकलन गरी राजधानी घोषणाका लागि सरकारलाई दवाव दिईएको छ ।
प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, पर्याप्त भौतिक पूर्वाधार, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले धनकुटालाई राजधानी घोषण गरिनुपर्ने माग गर्दै जिल्लबासीले आन्दोलन गरेका हुन् ।
प्रादेशिक राजधानीका लागि धनकुटा हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई नै राजधानी घोषणा गरिनुपर्ने अडान राखेका धनकुटाबासीले अन्यत्र राजधानी नस्वीकारने चेतावनी दिदै आएका छन् । धनकुटा राजधानी घोषणा नभएसम्म आन्दोलन जारी राखिने आन्दोलन संघर्ष समितिले जनाएको छ ।