- रबिन कटेल/संगालोखबर

धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आवहन गरिएको आमहड्तालको दोस्रो दिन आज पनि जनजीवन प्रभावित बनेको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ ।

कोशी राजमार्गसहित जिल्लाका सवै भित्री सडकमा पनि सवारी साधन ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । यातायात बन्द गराउँन सयौं बन्दकर्ता सडकमा निश्किएका छन् । धनकुटाको जिरोपईन्ट, आत्मारा ढाट, सरस्वती चौक लगायत दर्जनौ स्थानमा ढाट राखेर सडक अवरुद्ध गरी बन्दकर्ताले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् ।

एम्वुलेन्स, प्रेस लगायत आकस्मिक प्रयोजनका बाहेक कुनैपनि सवारी साधन सञ्चालन हुँन नसक्दा सर्वसाधरणले सास्ती बेहोर्नुपरेको छ । हिले, सिधुवा, पाख्रीवास, मुलघाट, भेडेटार लगायत स्थानमा पनि बन्दकर्ता सडकमा निश्किएका छन् ।

बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । धनकुटाबासीले प्रदेशिक राजधानी माग गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आमहड्ताल जारी रहने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले बताए । बन्द अवज्ञा गरेको भन्दै हिजो चारवटा गाडी तोडफोड गरिएको थियो ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका सवै जिल्लाको केन्द्रमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी बनाईनुपर्ने जिल्लाबासीको माग छ । राजधानी माग्दै धनकुटामा २१ दिनदेखि प्रदर्शन जारी राखिएको छ ।

धनकुटा आमहड्तालसँगै काठमाण्डौंमा पनि दवावमूलक आन्दोलन जारी रहेको धनकुटा प्रादेशिक राजधानी अभियान समिति संयोजक एवं प्रदेशसभाका सांसद निरन राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!