- संगालोखबर सम्वाददाता

धनकुटा, १६ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै सोमबार (भोली) धनकुटा बजार बन्द गरिने भएको छ । प्रादेशिक राजधानीका लागि आन्दोलनरत धनकुटेलीहरुले बजार बन्द गरेर सरकारलाई राजधानी घोषणा गर्न दवाव दिने भएका हुँन् ।

बजार बन्द गरेर बिहान ११ बजे मदनचौकमा भेला भई जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा पुगेर दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धर्ना दिईने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement
धनकुटा–७ हुलाकटोलको बजार पसल । फाइल तस्वीर: संगालोखबर

उनका अनुसार हिले, सिधुवा, पाख्रीवास, जीतपुर, राजारानी लगायत क्षेत्रका बजार पनि बन्द गर्न आगहन गरिएको छ ।

आन्दोलनका लागि समिति परिवर्तन

आन्दोलन संघर्ष समितिको आज साँझ बसेको बैठकले आन्दोलनका लागि समिति परिवर्तन गरेको छ । धनकुटा प्रदेशसभा (क) का सांसद निरन राईको संयोजकत्वमा ५ सय ५१ सदस्यीय प्रादेशिक राज्यको राजधानी धनकुटा अभियान समिति गठन गरिएको छ ।

त्यस्तै सुन्दरवावु श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!