- संगालोखबर सम्वाददाता

धनकुटा, १६ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर आईतबारदेखि धनकुटाको भेडेटारमा छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव सुरु भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनमा सञ्चालित तीन दिने महोत्सवको प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् ।

फेष्टिवल उद्घाटन गर्दै सांसद राईले भेडेटारलाई प्रदेश नं.१ को पर्यटकीय केन्द्र वनाउन पहल गर्ने वताएका छन । आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृति लगायतको प्रर्वद्धनमा टेवा पुर्याउँने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । फेष्टिवलको मुख्य आकर्षणको रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनका साथै स्थानीय जातिय (राई, लिम्बु, मगर, तामाङ्ग र नेवारी) खानेकुराको प्रर्दशनी रहेको छ ।

Advertisement

यसका साथै स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुल प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, मौलिक परम्परागत साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती, माउण्टेन बाईक, प्याराग्लाईडिङ्ग लगायत रहेका छन् । भेडेटार चौक आसपास ३२ भन्दा बढी खानाका स्टल राखिएको छ ।

फेष्टिवलमा ३० हजार आन्तरीक तथा बाह्य पर्यटक भित्राएर एक करोड वरावरको कारोबार गर्ने लक्ष राखिएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिएका छन् । भेडेटारमा ०६८ सालदेखि हरेक अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि फुड फेष्टिवल आयोजना गरिदै आएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र राई ।
मायाँको चिनो ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र राई ।
फेष्टिवलमा किराँत याम्फु जातिको ढोल नाच प्रस्तुत गर्दै कलाकारहरु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!