- रबिन कटेल/संगालोखबर

धनकुटा, १७ पुस । प्रादेशिक राजधानीका लागि गरिएको भौतिक संरचना अध्ययन प्रतिवेदनमा सरकारी कर्मचारीले गलत विवरण उल्लेख गरेको भन्दै धनकुटाबासीले आज बिरोध प्रदर्शन गरेका छन् । आक्रोसित जिल्लाबासीले शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रामक रुपमा बिरोध प्रदर्शन गरेपछि स्थिती तनावपूर्ण भयो ।

भौतिक संरचनाको मर्मतमा बढी खर्च लाग्ने देखाएर गलत प्रतिवेदन केन्द्रमा पठाएको भन्दै शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय अगाडी दिउँसो १ बजेदेखि करिव एक घण्टा प्रदर्शन गरिएको हो ।

Advertisement
भवन निर्माण डिभिजन कार्यालय अगाडी प्रदर्शन गर्दै धनकुटाबासी । तस्वीर: रबिन कटेल/संगालोखबर

कार्यालयको गेटमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपनि आक्रोसित स्थानीयले कार्यालयमा ढुंगा प्रहार गरेका थिए । स्थानीयले बाहिरबाटै कार्यालयमा ढुंगा प्रहार गर्दै गेट तोडफोड गर्ने प्रयास गरेपछि स्थिती तनावपूर्ण बनेको हो ।

स्थिति नियन्त्रणमा लिनका लागि ठुलो संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । कार्यालय प्रमुख बाहिर रहेको थाहा भएपछि स्थित केहि सामान्य भएको हो ।

कार्यालयमा ढुंगा प्रहार भएपछि स्थिती नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी । तस्वीर: रबिन कटेल/संगालोखबर

भवन निर्माण डिभिजनले केन्द्रमा पठाएको पहिलो प्रतिवेदनमा भौतिक संरचना मर्मतमा करिव ५ करोड २५ लाख खर्च लाग्ने उल्लेख थियो । तर, दोस्रो प्रतिवेदनमा करिव २४ करोड २५ लाख खर्च लाग्ने उल्लेख गरेको भन्दै जिल्लाबासी आक्रोसित बनेका हुँन ।

यता डिभिजन प्रमुख राजेन्द्र प्रसाद खतिवडाले पहिलो प्रतिवेदनमा मर्मत संहारका लागि सामान्य खर्च मात्र उल्लेख गरिएको भएपनि दोस्रो प्रतिवेदनमा बिस्तृत रुपमा उल्लेख गरिएकाले बढी खर्च देखिएको बताएका छन् ।

यो पनि पढ्नुहोस् …

धनकुटामा प्रादेशिक राजधानी माग्दै बजार बन्द, जनजीवन प्रभावित

 

धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

 

प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त,बिराटनगर खर्चिलो, ईटहरी र धरानमा भवन नै पुगेन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!