- संगालोखबर सम्वाददाता

धनकुटा, १९ पुस । धनकुटामा बन्द अवज्ञा गरेको भन्दै आज एउटा सरकारी गाडी तोडफोड गरिएको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित धनकुटाको आत्मारा ढाटमा को.१ झ ४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो ।

बन्द उल्लंघन गरेकाले बन्दकर्ताले मोरङ जिल्ला कारागारको उक्त गाडीको लुकिङ ग्लास लगायत तोडफोड गरेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

सरकारले अस्थायी प्रादेशिक राजधानीको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेपछि धनकुटाबासीले बिरोध जनाउँदै आजबाट अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् ।

बन्दकर्ताले धनकुटामा कुनैपनि सवारी साधन सञ्चालन हुँन दिएका छैनन् । बजारपसल, उद्योगधन्दा लगायत पनि ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

यो पनि पढ्नुहोस् …

आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!