- रबिन कटेल/संगालोखबर

धनकुटा, १९ पुस । बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज चार वटा गाडी तोडफोड गरिएको छ । बन्दकर्ताले दुई वटा सरकारी, एउटा भाडा र एउटा सस्थानको गाडी तोडफोड गरेका हुन् । बन्दको समयमा गाडी कुदाएको भन्दै धनकुटाको आत्मारामा को.१ झ.१६९ नम्बर र को.१ झ.४८३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको छ ।

बन्दकर्ताले तोडफोड गरेको सरकारी गाडी । तस्वीर : रबिन कटेल/संगालोखबर

त्यस्तै गोठगाउँमा ना.१ ज ६४११ नम्बरको टाटासुमो र आत्मारामा ना.७ ख.४७६० नम्बरको दुग्ध बोकेको गाडी तोडफोड गरिएको हो । दुध बोकेको डीडीसीको गाडीले यात्रु ओसारेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुँन् । बन्दकर्ताले स्कार्पियो र एउटा सरकारी गाडीको अधिकांस सिसा फुटाएका छन् । दुध बोकेको गाडी र अर्को सरकारी गाडीमा भने सामान्य क्षति पुगेको छ ।

Advertisement

सरकारले प्रादेशिक राजधानीको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि आक्रोसित बनेका धनकुटाबासीले आजबाट अनिश्चितकालिन जिल्ला बन्द आवहन गरेका हुँन ।

धनकुटाको गोठगाउँमा तोडफोड गरिएको गाडी । तस्वीर : रबिन कटेल/संगालोखबर

सरकारले धनकुटालाई प्रादेशिक राजधानी तोक्न आनाकानी गरेको भन्दै बन्दकर्ता आक्रामक बन्न थालेका छन् । उनीहरुले सरकार बिरुद्ध नाराबाजीसहित धनकुटाका बिभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!