- संगालोखबर सम्वाददाता

धनकुटा, १५ पुस । धनकुटामा व्यवस्थित बसपार्क निर्माण हुने भएको छ । हालको बसपार्क रहेको स्थानमा आधुनिक बसपार्क निर्माणको तयारी गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले संगालोखबरलाई जानकारी दिएका छन् ।

बसपार्क निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ ।

Advertisement
धनकुटा बसपार्क । तस्वीर: नविन कट्टेल/संगालोखबर

नगरपालिकाले १ करोड रकम विनियोजन गरेर टेण्डर आव्हानसमेत गरिसकेको नगर प्रमुख तामाङले बताए । नयॉ बन्ने बसपार्क क्षेत्रमा धनकुटा आउँने पर्यटकलाई मध्यनजर राखेर आकर्षक फूलबारी तथा बोटबिरुवा पनि रोपिनेछ ।

साथै यातायात क्षेत्रका संघ–संस्थाको समन्वयमा सवारी साधन व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!