संगालोखबर सम्वाददाता

धनकुटा, २१ पुस । धनकुटा नगरपालिका–३ कागतेमा बन्दकर्ताले मोटरसाईकलमा आगजनी गरेका छन् । प्रादेशिक राजधानीको माग गर्दै आमहड्ताल आवहन गरेका बन्दकर्ताले कागतेको जिरोपईन्ट स्थित कोशी राजमार्गमा को.३ प.७८२३ नम्बरको मोटरसाईकलमा आगजनी गरेको स्थानीय सरोज भण्डारीले जानकारी दिए ।

प्रादेशिक राजधानी घोषणाको माग गर्दै २२ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटेलीले सरकारले माग संबोधनमा चासो नदेखाएको भन्दै तीन दिन यता आमहड्ताल आवहन गरेका हुन् ।

Advertisement
कागतेमा जलाईएको वाईक ।

माग पुरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन संघर्ष समिति संयोजक सुन्दरवावु श्रेष्ठले बताएका छन् ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!