- संगालोखबर सम्वाददाता

धनकुटा, २० पुस । धनकुटाको महालक्ष्मी नगरपालिका–९ चित्रेमा बिहिबार राति गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा छथर जोरपाटी गाउँपालिका–५ का १७ बर्षीय दासाङ कुमार तामाङ छन् ।

Advertisement

तेह्रथुमबाट धनकुटा तर्फ आउँदै गरेको को.२ च.९१३ नम्बरको बलेरो पिकअपबाट खसेर तामाङ घाईते भएका थिए ।

राति करिव साँढे ९ बजे गाडीबाट खसेका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले संगालोखबरलाई जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

पिकअप र चालक संखुवासभा स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ बर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!