- संगालोखबर सम्वाददाता

धनकुटा, २० पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै जिल्लामा आवहन गरिएको अनिश्चितकालिन आमहड्तालको दोस्रो दिन बन्दकर्ताहरु अझै आक्रामक रुपमा प्रस्तुत हुने भएका छन् । आन्दोलन परिचालन समितिको बुधबार साँझ बसेको बैठकले बिहीबारदेखि बन्दलाई अझ शसक्त बनाउँने निर्णय गरेको छ ।

पहिलो दिनको बन्दको समिक्षा गर्दै दोस्रो दिनको बन्द अझै शसक्त बनाउँने निर्णय भएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार धनकुटा बजारसँगै हिले, सिधुवा, पाख्रीबास, लेगुवा, भेडेटार, राजारानी लगायत क्षेत्रमा पनि बन्दलाई प्रभावकारी बनाउँने गरी तयारी गरिएको छ ।

Advertisement

हरेक हिसावले धनकुटा प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि सरकारले सिमा क्षेत्रमा लगेर बिराटनगरलाई प्रादेशिक राजधानी तोक्ने तयारी गरेको भन्दै धनकुटेली आक्रोसित बनेर निर्णायक आन्दोलनमा उत्रिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने जिल्लाबासीले चेतावनी दिएका छन् ।

आन्दोलनबाटै सरकारलाई घुडा टेकाउँने चेतावनी

धनकुटामा बुधबार साँझ भएको अन्र्तक्रियामा स्थानीय ब्यावसायी तिलक महतले शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेकाले अव धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न सरकारलाई बाध्य बनाउँनेगरी घुडा टेकाउँने हिसावले आन्दोलनलाई आक्रामक बनाउँने चेतावनी दिएका छन ।

बिद्यार्थी नेता बालानन्द दाहालले धनकुटालाई राजधानी नबनाउँने सड्यन्त्र भईरहेकाले अव निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यकता औल्याए । आन्दोलनलाई अझ आक्रामक बनाउँनुपर्ने भन्दै उनले युवाहरुले त्यसको अगुवाई गर्न तयार रहेको उल्लेख गरे । त्यस्तै स्थानीय युवा रमेश पौडेलले धनकुटेलीको आन्दोलनलाई कमजोर आक्न खोजिएकाले आक्रामक र निर्णायक आन्दोलन गर्नुपर्ने बताएका छन् ।

सो अवसरमा सहभागि अधिकांसले धनकुटालाई प्रादेशिक राजधानी बनाउँनका लागि अव अन्तिम लडाई लड्नुपर्ने अवस्था भएकाले त्यसका लागि तयार हुँनुपर्नेमा जोड दिएका छन् ।

प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटालाई राजनीतिक पहुँचका आधारमा अन्याय गर्न खोजिएकाले निर्णायक आन्दोलनको आवश्यकता रहेको उनीहरुको निष्कर्ष छ ।

यो पनि पढ्नुहोस् ….

धनकुटामा बन्दका क्रममा चार वटा गाडी तोडफोड, बन्दकर्ता आक्रामक बन्दै

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!