- संगालोखबर सम्वाददाता

धनकुटा, १५ पुस । अंग्रेजी नयाँ बर्षको अवसर पारेर भोलीदेखि धनकुटाको भेडेटारमा सुरु हुँने छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सवको तयारी पुरा भएको छ । फेष्टिवलका लागि स्टल, तोरन बत्ति, स्टेज लगायतको सम्पूर्ण तयारी पुरा भएको आयोजक होटल एशोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

आर्थिक तथा सामाजिक उत्थानका लागी पर्यटन, होटल व्यवसाय, होमस्टे र अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रर्वद्धनमा टेवा पुर्याउँने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । फेष्टिवलको मुख्य आकर्षणको रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनका साथै स्थानीय जातिय (राई, लिम्बु, मगर, तामाङ्ग र नेवारी) खानेकुराको प्रर्दशनी रहने छ ।

यसका साथै स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुल प्रर्दशनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी, मौलिक परम्परागत साँस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती, माउण्टेन बाईक, प्याराग्लाईडिङ्ग लगायत रहेका छन् ।

तीन दिनसम्म सञ्चालन हुँने फेष्टिवलमा ३० हजार आन्तरीक तथा बाह्य पर्यटक भित्राएर एक करोड वरावरको कारोबार गर्ने आयोजकको लक्ष छ । भेडेटारमा ०६८ सालदेखि हरेक अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि फुड फेष्टिवल आयोजना गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!