- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । चार जनाबाट पटक–पटक यौन शोषणमा परेर गर्भवती भएकी धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकाले बच्चा जन्माएकी छन् । यौनशोषणको घटना सार्वजनिक भएपछि महिला पुनः स्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी बालिकाले अबैध गर्भबाट छोरी जन्माएकी हुन् ।

४ महिना अघिदेखि पुनःस्थापना सेवा केन्द्रमा रहेकी बालिकालाई सुत्केरी वेथा लागेपछि आईतवार जिल्ला अस्पताल लगिएको थियो । तर, पेटमा बच्चा उल्टो रहेकाले जिल्ला अस्पतालले रेफर गरेर बिराटनगरस्थित कोशी अस्पताल पठायो । कोशीमा सोमवार साँझ शल्यक्रिया गरी बालिकाको पेटबाट बच्चा निकालिएको पुनः स्थापना सेवा केन्द्रका उपाध्यक्ष शुक्री राईले संगालोखबरलाई जानकारी दिईन् । अहिले बालिका र बच्चाको अवस्था सामान्य छ । शल्यक्रिया पश्चात अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई अहिले पुनः स्थापना केन्द्र धनकुटामै राखिएको छ ।

Advertisement

बालिकामाथि यौन शोषण भएको घटना गत जेठमा सार्वजनिक भएको थियो । बालिकाको पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा शिक्षकसहित चार जनाले उनीमाथि पटक–पटक यौन शोषण गरेर करिब ६ महिनाको गर्भ बसेको रहस्य खुलेको थियो । पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि यौन शोषणमा संलग्न भएको आरोपमा धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारी, गौरी अत्री, भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु अहिले जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा छन् । उनीहरुको मुद्दा जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।

उनीहरुले ती बालिकालाई ६ महिना अघिदेखि ललाईफकाई पटक–पटक यौन शोषण गर्दै आएको आरोप छ । चारै जनाले यौन शोषण गरेको बालिकाले बयान दिएकाले जन्मिएको बच्चाको बुवा को हो भन्ने अन्यौलता छ । यता, बुवा जो भएपनि आफ्नो छोरीले जन्माएको बच्चा (नातीनी) आफैले राख्ने बालिकाका बुवाले बताएका छन् । अब, बच्चाको आमा (बालिका) र परिवारसँग सल्लाह गरी बच्चा कसले पाल्ने भन्ने यकिन गरिने पुनः स्थापना सेवा केन्द्रका सचिव हिमा चेम्जोङ्गले बताईन् ।

यो पनि…

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

 

बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

 

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति: म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

 

शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!