साेलुखुम्बुको एकै गाउँका चार बालबालिका बेपत्ता
साेलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरू सम्पर्कविहीन छन् ।
स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदीप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् ।
साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरू नफर्किएको बासाखाली माध्यामिक विद...

























