गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा चौबिसे गाउँपालिका–७ मौनाबुधुकका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि हुँनेमा २२ बर्षीया महिला, २३ बर्षीय पुरुष र ४० बर्षीय पुरुष छन् । उनीहरु तीनै जना आफन्त हुन् । आफन्तको उपचारका लागि बिराटनगरको एक अस्पतालमा करिब १७ दिन बसेका उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । जसमध्ये २० जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । बाँकी २० जनाको धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशनमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!