- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा टेम्केमैयुङ–५ खावाका ३५ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेर हत्या गरेको आरोप छ । घटना भदौ २२ गते रातीको हो । प्रहरीका अनुसार घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेर डिलबाट हुत्याई आफु घर आएका थिए ।

Advertisement

बिहान घर छेउमा रहेको सुँगुरको खोरमा केशरमाया मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!