नेपाललाई हराउँदै बङ्गलादेश बन्यो च्याम्पियन
काठमाडौँ । घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । नेपाल उपविजेतामा सीमित रह्यो ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थप्यो ।
बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे । यस्तै खेलको ५४...





























