धनकुटाका माझी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा 

धनकुटाका माझी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा 

धनकुटा । धनकुटाका माझी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएको छ । माछा मारेर जिविकोपार्जन गर्दै आएको समुदाय पेशा सङ्कटमा पर्न थालेसँगै समस्यामा पर्न थालेको छ । यो समुदायले नदिमा माछा मार्ने र त्यसैबाट आम्दानी गर्दै आएको थियो । तर पछिल्लो समय नदिमा माछा लोप हुन थालेसँगै उनीहरूको पुर्ख्यौली पेशा पनि लोपोन्मुख हुँदै गएको हो । चौबिसे गाउँपालिका-४ र ५ नम्बर वडास्थित भैसेटार, डिहिटार, फलामेटार ...
‘नो केबलकार’ पक्ष र सरकारबीच के भयो सहमति ? 

‘नो केबलकार’ पक्ष र सरकारबीच के भयो सहमति ? 

विराटनगर । ताप्लेजुङमा केबलकार बनाउन नदिने पक्ष र गृह मन्त्रालयबाट गठित वार्ता टोलीबीच छ बुँदे सहमति भएको छ । मङ्गलबार अबेरसम्म भएको वार्ताबाट उक्त सहमति भएको हो । वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराई र  वार्ता सहजिकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु)ले हस्ताक्षर गरेको विज्ञप्तिमा विभिन्न छ बुँदे सहमति भएको उल्लेख गरिएको छ । पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्...
झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाइ फायर, दुई भारतीय पक्राउ

झापामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाइ फायर, दुई भारतीय पक्राउ

झापा । झापामा गोली चलाएर दुई लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ ।  कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा गएराति गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जर आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइ...
धनकुटाको चौबिसेमा काठको गोलियाले किचेर एक जनाको मृत्यु

धनकुटाको चौबिसेमा काठको गोलियाले किचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटामा काठको गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो बाटोमाथिबाट सडकमा गोलिया झार्ने क्रममा वडा नम्बर ७ लोफादिनका २७ वर्षीय मौषम चेम्जोङको मृत्यु भएको हो । चौबिसे गाउँपालिका-८ बसन्तटारमा काठको गोलिया झार्ने क्रममा टाउकोमा चोट लागेर चेम्जोङ गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
‘विराट एक्स्पो उपलब्धिमूलक भयो’

‘विराट एक्स्पो उपलब्धिमूलक भयो’

विराटनगर । गत माघ १२ गतेबाट सुरु भएको विराट एक्स्पो माघ २० मा सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गरेको एक्स्पो दुई लाख बढीले अवलोकन गरे । एक्स्पोमा कक्षा ११ र १२ मा अध्ययनरत विभिन्न जिल्लाका तीन हजार विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी जानकारी गराइएको थियो । एक्स्पोमा विद्यार्थीहरूलाई कफी, पङ्खा, सिसिटिभी जडान र मर्मत गर्ने सम्बन्धी एक हजार तीन सय पाँच जनालाई तालिम उपलब्ध गराइएको थियो । ...
प्रेस चौतारीको स्थापना दिवसमा मोरङका तीन पत्रकार सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा मोरङका तीन पत्रकार सम्मानित

विराटनगर । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले तीन जना पत्रकारलाई सम्मान गरेको छ । आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उनीहरूलाई सम्मान गरेका हुन् । १५ हजार राशीको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । यस्तै विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व ...
मदरल्याण्डको भजन प्रतियोगितामा राम जानकी आमा समुह प्रथम

मदरल्याण्डको भजन प्रतियोगितामा राम जानकी आमा समुह प्रथम

विराटनगर । विराटनगर-५ मा रहेको मदरल्याण्ड स्कुलले आयोजना गरेको भजन-कीर्तन प्रतियोगितामा पोखरियाको राम जानकी आमा समूह प्रथम भएको छ । सोमबार राति सम्पन्न भएको प्रतियोगितामा पञ्चेश्वर भजन कीर्तन मण्डली द्वितीय र लक्ष्मीनारायण भजन मण्डली तृतीय भए । प्रथम, द्वितीय र तृतीय क्रमशः २१ हजार, १६ हजार र १० हजार नगदसहित पुरस्कृत भएका थिए । प्रतियोगितामा चौथौ देखि छैटौँ हुनेलाई सान्त्वना पुरस्कार स्वरुप नग...
धरानको सेउती पुलबाट चार सय १० किलो गाँजा बरामद

धरानको सेउती पुलबाट चार सय १० किलो गाँजा बरामद

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ बाट प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब साढे २ बजे बेवारिसे अवस्थामा राखिएको बा १५ च ७६३३ नम्बरको गाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पानमारा जङ्गल स्थित सेउती पुलबाट गाडीसहित चार सय १० किलो गाँजा बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी क...
पाँचथरमा रूख ढालेर सडक अवरुद्ध : एम्बुलेन्स भित्रै छटपटाइरहिन् सुत्केरी महिला

पाँचथरमा रूख ढालेर सडक अवरुद्ध : एम्बुलेन्स भित्रै छटपटाइरहिन् सुत्केरी महिला

विराटनगर । आज बिहानको राति २ बजे पाँचथरको जोरपोखरी-गोपेटार सडक खण्ड हुँदै एउटा एम्बुलेन्स सदरमुकाम फिदिमतर्फ जाँदै थियो । एम्बुलेन्स एक १८ वर्षीया सुत्केरीलाई लिएर जिल्ला अस्पताल हिँडेको थियो । तर पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहले मेची राजमार्ग अन्तरगत रहेको उक्त सडक खण्डमा रूख ढालेर अवरोध गरे । एम्बुलेन्स चालक नुपु शेर्पाले सोही समयको तस्बिर र भिडियो सामा...
इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका-७ जीतपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्टरनेशनलले जितेको छ । आज वसन्त पञ्चमीको अवसरमा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा ग्लोबल युवा क्लबलाई हराउदै इन्टरनेशनल क्लबले उपाधि जितेको हो । स्थानीय विद्यालयसँगको खेलमा इन्टरनेशनलले ग्लोवललाई ३-२ को सेटले हराएको छ । भलिबल प्रतियोगिताको विजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ...
प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैँचा नगरपालिका-६ दुलारीको पूर्वाञ्चल एकेडेमीले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राति सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडे...
धनकुटामा यसरी मनाइयो सरस्वती पूजा (तस्बिरहरू)

धनकुटामा यसरी मनाइयो सरस्वती पूजा (तस्बिरहरू)

धनकुटा । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पुजा । धनकुटामा विद्याकी देवी सरस्वतीको विशेष पूजा-आरधना गरिएको छ । धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा रहेको सरस्वती मन्दिर, क्याम्पस तथा विद्यालयहरू धुमधामका साथ सरस्वतीको पूजा-आराधना गरिएको छ । सरस्वती मन्दिरमा बिहानै देखी विद्यार्थी तथा अन्य श्रद्धालु भक्तजनको घुइँचो छ । आजको दिन नुवाइधुवाइ गरि सफा कपडा लगाएर कलश स्थापना गरेर गणेश, विष्णु, शिव लगायत...
विराटनगरको आदर्श माविमा सरस्वती पूजा तथा वार्षिकोत्सव (फोटो फिचर)

विराटनगरको आदर्श माविमा सरस्वती पूजा तथा वार्षिकोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरको आदर्श माध्यमिक विद्यालयले आज ९६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछ । आदर्श विद्यालय नेपालका जेठो विद्यालयहरू मध्येको एक हो । वार्षिकोत्सवका अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा पनि हो । तस्बिरमा हेर्नुहोस् आदर्शको सरस्वती पुजा तथा वार्षिकोत्सवको झलकहरू : तस्बिर : ...
नोबेलमा नेपालमै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिबाट उपचार

नोबेलमा नेपालमै पहिलो न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधिबाट उपचार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएको छ । नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याएको नोबेलले हजारौँ बिरामीको सफल उपचार गरिसकेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया गर्न सफल भएको नोबेलको दाबी छ । यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गत...
ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

विराटनगर । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पाथीभरा याङबरक गाउँपालिका-१ बाट एक नाल भरुवा बन्दुकसहित ४० वर्षीय बिर्खराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा लुकाएर राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले घरमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद गरेको हो । बन्दुकसहित पक्राउ परेका राईका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ...
झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-१ मा आज बिहान करिब साढे चार बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा झापा गाउँपालिका-६ शरणामतीका ५० वर्षीय हरिप्रसाद उप्रेतीको...
प्रेस चौतारी धनकुटाको अध्यक्षमा आठपहरिया निर्वाचित

प्रेस चौतारी धनकुटाको अध्यक्षमा आठपहरिया निर्वाचित

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा नारायणकुमार आठपहरिया निर्वाचित भएका छन् । आज प्रेस चौतारीको १० औं जिल्ला अधिवेशनबाट आठपहरिया निर्वाचित भएका हुन् । उपाध्यक्षमा विश्वराज श्रेष्ठ र कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सह-सचिवमा कल्पना तामाङ र सष्टिका राई, कोषाध्यक्षमा प्रज्ज्वल कटेल निर्वाचित भएका छन् । सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी, निशा थापा, तुलसा पौडेल, धनकुमा...
खोटाङको बुइपापछि पाथेकामा पनि आयातित पेय पदार्थ प्रयोगमा रोक 

खोटाङको बुइपापछि पाथेकामा पनि आयातित पेय पदार्थ प्रयोगमा रोक 

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको छ । स्थानीयको सक्रियतामा आयातित पेय पदार्थ प्रयोगमा रोक लगाउने क्रम बढेको हो । यसअघि वडा नम्बर १४ बुइपाका विभिन्न टोलमा आयातित पेय पदार्थ उपयोगमा प्रतिबन्ध लगाइसकिएको छ । हालसालै वडा नम्बर १० पाथेकामा पनि आयातित पेय पदार्थ उपयोगमा रोक लगाइएको छ । १२ माघमा टोल विकास समितिले स्वास्थ्यमा प्रतिक...
विराटनगरबाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगरबाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट मानव खप्पर र नलीखुट्टासहित एक जना पक्राउ परेका छन् । आज बिहान दुई नम्बर ढाटबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा विराटनगर-१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार सशस्त्र प्रहरीले रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नलीखुट्टा बरामद गरेको हो । ‘भर्खरै सशस्त्र प्रहरीले हामी...
कौशिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

कौशिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित कौशिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौंले शैक्षिक सामग्रीसँगै न्यानो कपडा र खेलकुदका सामग्री वितरण गरेको हो । विद्यालयका बालबालिकालाई विगत १८ वर्षदेखि नियमित शैक्षिक सामग्री वितरण गर्दे आएको क्लबका संयोजक निरञ्जन भट्टराईले जानकारी दिए । धनकुटा नगरपालिका-९ का वडाध्यक्ष टङ्क कोइराला, समाजसेवी जयराम...
धनकुटाको लक्ष्मीनारायण मन्दिरको दान पेटिकाबाट नगद चोरी

धनकुटाको लक्ष्मीनारायण मन्दिरको दान पेटिकाबाट नगद चोरी

धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेबासमा रहेको लक्ष्मीनारायण मन्दिरमा चोरी भएको छ । गएराति मन्दिरको मूल ढोकाको ताला फोडेर दान पेटिकामा भएको नगद चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार दान पेटिकाबाट करिब १५ हजार रुपैयाँ चोरी भएको छ । बिहान पुजा गर्न मन्दिर पुगेका पुजारीले ताला फोडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘मन्दिरको चाबी फुटाएर दानपेटिकामा...
निजामती कर्मचारी सङ्गठन कोशीको अध्यक्षमा सुवेदी निर्वाचित

निजामती कर्मचारी सङ्गठन कोशीको अध्यक्षमा सुवेदी निर्वाचित

विराटनगर । नेपाल निजामती कर्मचारी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा हरिप्रसाद सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । सङ्गठनको उपाध्यक्षमा फडिन्द्र विश्वकर्मा र सरस्वती शिवाकोटी निर्वाचित हुँदा महासचिवमा कुमार सिंह खत्री निर्वाचित भएका छन् । यसैगरी सचिवमा कृष्ण प्रसाद सुवेदी, किरण कार्की र अनुजा पराजुली पराजुली तथा कोषाध्यक्षमा जानकी अधिकारी...
पहिचान पक्षधरद्वारा कोशीका ९ जिल्लामा यातायात बन्द

पहिचान पक्षधरद्वारा कोशीका ९ जिल्लामा यातायात बन्द

विराटनगर । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले कोशीका नौ जिल्लामा यातायात बन्द गरेका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्दको सामान्य प्रभाव परेको छ ।  मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । राजमार्गमा यात्रुबाहक सवारी साधन नचले पनि साना सवारी साधनहरू चल...
तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ

तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ

विराटनगर । तेह्रथुममा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आठराई गाउँपालिका-४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईँलाई कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । आठराई गाउँपालिका-५ छातेढुंगा अर्चले चिसापानीमा बिहीबार चार जनाको समूहले उनलाई कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएका प्रसाईँको विर्ता सिटी अस्पताल झापामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी...
वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोट

वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोट

धनकुटा । वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोटमा परेको छ । देशैभरबाट छानिएका ६ टिम मध्ये धनकुटाको एउटा टोली छनोटमा परेको हो । प्रतियोगिताका लागि कात्तिक ३० देखि मंसिर ३० गतेसम्म अनलाइन भिडियो पठाउने समय तोकिएको थियो । जसमा हाम्रो डान्स सेन्टरबाट पठाएको १८ वर्षमुनिको भिडियो छनोटमा परेको हो । डान्स सेन्टरका सञ्चालक तथा प्रशिक्षक सन्तवीर तामाङका अनुसार टोलीमा आठ जना बालबालिका समावेश छन् । ...
धनकुटामा सात हजार बालिकालाई ‘एचपीभी’ खोप लगाइने

धनकुटामा सात हजार बालिकालाई ‘एचपीभी’ खोप लगाइने

धनकुटा । धनकुटामा करिब सात हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति धनकुटाले अभिमुखीकरण कार्यक्रम गर्दै खोप लगाउने बालिकाको सङ्ख्या सात हजार नजिक रहेको जानकारी दिएको हो । माघ २२ गतेदेखि फागुन ७ गते भित्र देशैभर कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई खोप लगाउने तालिका छ...
झापामा कुटपिटबाट पुरुषको मृत्यु, हत्या आरोपमा एक जना पक्राउ

झापामा कुटपिटबाट पुरुषको मृत्यु, हत्या आरोपमा एक जना पक्राउ

झापा । झापामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरीको मृत्यु भएको हो । माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुण्य प्रसाद बास्तोलाले चौधरीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चौधरीको उपचारका क्रममा दमक स्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बास्तोलाले सामान्य विवाद हुँदा चौधरीलाई कुटपिट गरेका थिए । बास्तोलालाई प्रह...
प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो । स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी द...
इटहरीमा बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

इटहरीमा बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङ घर भएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका-७ घर भएका जागेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणी गरेको भनेर उजुरी दिएका थिए । इटहरीले जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत यादवलाई पक्राउ गरेर ल्याएको हो । ‘बालिकालाई...
यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पहिचान पक्षधरले गरेको अनिश्चितकालीन यातायात बन्दको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनदेखि यातायात ठप्प हुँदा व्यवसायीहरू समस्यामा परेका जनाएको छ । बैङ्कबाट २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिएर खरिद गरेको गाडीको किस्ता बन्दका क...
झापामा जेसीबीको बकेटबाट खस्दा एक जनाको मृत्यु

झापामा जेसीबीको बकेटबाट खस्दा एक जनाको मृत्यु

विराटनगर । झापा नगरपालिका-४ ताराबारी चोकमा केबलको तार जोड्ने क्रममा जेसीबीको बकेटबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एसियन हाइवेमा जेबी टुण्डी कन्स्ट्रक्सनको जेसीबीको बकेटमा चढेर तार जोड्ने क्रममा लडेर सोही हाइवेमा काम गर्ने कामदारको मृत्यु भएको हो । प्रहरीका अनुसार रौतहटको चन्द्रनिगाहापुर-१० घर भएका २० वर्षीय सञ्जय महतोको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो दुर्घटनामा परेर ...
error: Content is protected !!