सहिदभूमिमा सुरु भयो अध्यक्ष कप भलिबल
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा शुक्रबारदेखि दोस्रो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । सहिदभूमि गाउँपालिकाको आयोजनामा पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष मनोज राईले खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष राईले पालिकाभित्र खेलाडी उत्पादन बढाउँन र...





























