संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संविधान दिवस मनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरको सहिद रङ्गशालाबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै आदर्श माध्यमिक विद्यालय पुगेको थियो ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण अङ्ग प्रदेश भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सघंमा रहेका अधिकार प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रभातफेरीमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!