भीमनारायण गोल्डकप : झापालाई ०-३ गोलले स्तब्ध पार्दै बेलबारी फाइनलमा प्रवेश
धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा माेरङकाे बेलबारी फुटबल क्लब फाइनलमा प्रवेश गरेकाे छ ।
आज भएको दोस्रो सेमिफाइनलमा झापाकाे बिर्तामोड युनाईटेड क्लबलाई ०-३ गोलअन्तरले हराउदै बेलबारी फाइनलमा प्रवेश गरेको हो ।
भोलि हुने फाइनल खेलमा आयोजक टिम धनकुटा र बेलबारी उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेता टिमले ३ लाख रुपै...































