संगालोखबर


विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका घर भएकी ४५ वर्षीया कल्पना देवान गुरुङ सम्पर्कविहीन भएकी छन् । फलोअपका लागि झापाको बिर्तामोडस्थित सञ्जीवनी अस्पताल आउने क्रममा जेठ दुई गते दिउँसो ३ बजेदेखि महिला सम्पर्कविहीन भएकी हुन् ।

आफन्तका अनुसार महिला बिर्तामोडको पश्चिम बसपार्कबाट हराएकी हुन् । बेपत्ता महिलाले दुईवटा मोबाइल बोकेको भएपनि दुवैमा सम्पर्क हुन नसकेको छोरी करिना देवानले जानकारी दिइन् ।

Advertisement

‘प्रहरीमा पनि निवेदन दिएका छौं । सम्भावित सबै ठाउँमा पनि खोजी गरिसक्यौँ । तर, अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन’, उनले भनिन्, ‘पहिला पनि फलोअपका लागि अस्पताल आइरहनुहुन्थ्यो । कुनै मानसिक समस्या पनि थिएन । एक्कासि बेपत्ता हुनुभयो ।’

उनका अनुसार सम्पर्कविहीन महिलाले कालो पाइन्ट, सेतो टिसर्ट र रातो पातलो ज्याकेट लगाएकी थिइन् भने एउटा कालो ब्याग र जेब्रा पनि बोकेकी थिइन् । उनले कोही कसैले देखेको खण्डमा ९८६२६८९६७७ र ९७६४७९८९७५ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!