कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ
विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् ।
झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३...





























