
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित हाटखोलामा आज बिहान महिलाको शव फेला परेको छ । हाटखोला बसपार्क पछाडि चउरमा बिहान ८ः४५ बजेतिर शव भेटिएको हो ।
प्रहरीका अनुसार मृत फेला परेकी अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुलेको छैन । स्थानीयले सुतिरहेको अवस्थामा महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको मोरङ प्रहरीका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।


संगालोखबर 

















