संगालोखबर


विराटनगर । कोशी अस्पतालले आफ्नै ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्याएको छ । ब्लड बैंक स्थापना भएसँगै बिरामी र बिरामीका आफन्तलाई सहज हुने भएको छ ।

अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । ब्लड बैंक र चस्मा घरको उद्‌घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामनारायण चौधरीले गरे । ब्लड बैंकको स्थापना २४ लाखको लागतमा भएको हो ।

Advertisement

अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार अब अस्पतालमै रगत सङ्कलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुनेछ । ब्लड बैंकसँगै अस्पतालले आँखा विभागमा बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै आफ्नै परिसरभित्र चस्मा पसल पनि सञ्चालनमा ल्याएको छ ।

आँखा विभागमा आउने बिरामीको सङ्ख्या बढ्दै गएका कारण चस्मा घर सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले बीमाअन्तर्गत एक हजार रुपैयाँसम्मको चस्मा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

बीमा नभएका सेवाग्राहीले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउने अस्पतालले जनाएको छ । हाल अस्पतालको आँखा विभागमा दैनिक औसत ४० जना बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!