मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह
विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए ।
मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...





























