मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ
विराटनगर । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । चेकजाँच तथा लागूऔषधको अवैध कारोबारमा भइरहेको सूचनाका आधरमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भइ सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय विजय साह, धरान-९ का २७ वर्षीय निरञ्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राई रहेका...





























