धारिलो हतियारले आफ्नै घाँटी रेट्दा बेलबारीका युवक गम्भीर घाइते, नोबेलमा उपचार हुँदै
विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ डाँगीहाटका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटेका छन् । आज साँझ ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैँले रेटेका हुन् ।
घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
‘धारिलो हतियार रेट...





























