मोरङको सुनवर्षीबाट पाँच हजार क्याप्सुल ट्रमाडोल बरामद
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ बाट ठूलो परिमाणमा ट्रमाडोल बरामद भएको छ । सोमबार साँझ बेवारिसे अवस्था रहेको पाँच हजार क्याप्सुल ट्रमाडोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
कपडाको झोलाभित्र राखिएको अवस्थामा स्थानीयले लागूऔषध ट्रमाडोल देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा खटिएको प्रहरी टोलीले उक्त लागूऔषध बरामद गरेको हो ।
कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको थियो भन्ने खुल्न बाँ...



























