विराटनगरमा होटलबाट गाँजा बेचबिखन, आमा-छोरासहित तीन जना पक्राउ
विराटनगर । विराटनगर-१५ बाट गाँजा बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले आमा-छोरासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतकी कविता यादव, उनका छोरा मुन्ना कुमार यादव र मोरङको जहदा गाउँपालिका-१ का मंजित कुमार यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई सात किलो १८० ग्राम गाँजासहित पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला च...































