संगालोखबर


विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ४६ वर्षीय डिग बहादुर राई छन् ।

जिल्ला अदालत मोरङले २०७३ चैत २७ गते राईलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गरेपनि उनी ९ वर्षदेखि लुकिछिपी बस्दै आएका थिए ।

Advertisement

उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा पुस १६ गते पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!