संगालोखबर


विराटनगर । विराटनगर-१५ स्थित ३ नम्बर ढाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति करिब १२ः५५ बजे भएको दुर्घटनामा सप्तरीको तिरहुत गाउँपालिका-५ महुलीका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार मोरङको कटहरी गाउँपालिका-५ का ३० वर्षीय धर्मेन्द्र सरदार सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

Advertisement

विराटनगरबाट जोगबनी तर्फ जाँदै गरेको प्र १-०२-०५२ प ९५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक र घाइते दुबै जना कटहरीस्थित रणकाली माता कन्स्ट्रक्सनमा कार्यरत रहेको खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!