धनकुटामा बजार अनुगमन, जफत भएको अखाद्य बस्तु नष्ट
धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बुधबार धनकुटा नगरपालिका-६ र ७ तथा वडा नम्बर ९ स्थित मूलघाटमा सञ्चालित ४१ वटा पसल तथा होटलहरूमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा बिस्कुट, चिप्स, आटा लगायतका अखाद्य बस्तु भेटिएका छन् । यस्तै उत्पादन मिति र समाप्त मिति नराखिएका सामग्री पनि फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरी...































