धनकुटाको पाख्रीबासमा अटोको ठक्करबाट बालक गम्भीर घाइते
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा अटोले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका छन् । अटोको ठक्करबाट २ वर्षीय बालक नोर्गेन मोक्तान गम्भीर घाइते भएका हुन् ।
आज छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको को २ ह २८२५ नम्बरको अटोले बालकलाई ठक्कर दिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार बाटोमा बच्चा एक्कासि आएपछि अटो अनियन्त्रित हुँदा ठक्कर दिएको हो ।
बालकला...































