जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई
धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् ।...






























