सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-२ स्थित सल्लेरी सामुदायिक बनभित्र एक अनौठो घर छ । जंगलमा ओडार र गुफा देख्नेहरूलाई पनि यसले अच्चम्मित तुल्याउँछ ।

कारण, भीरको ढुंगा मुनि गौँथलीको गुँडजस्तै देखिने घरमा मानव शरीरका हड्डीहरू छन् । उक्त घरमा कुनै समय पञ्चकन्या आएर बसेको किम्वदन्ती छ ।

Advertisement

रातको समयमा टुकी बालेर बस्दा दुस्मनले साँगुरीगढी आसपासबाट बाण हानेर उनीहरूलाई मारेको किम्वदन्ती रहेको स्थानीय रणबहादुर बस्नेतले बताए । केही वर्ष अघिसम्म राम्रो देखिने उक्त घरको केही भाग अहिले जीर्ण बनेको छ ।

घरमा चढ्न भुइँबाट करिब ७ मिटरको भर्याङ छ । घर अनौठो प्रकारको रहेकाले यसको संरक्षण र विज्ञबाट अनुसन्धान गरिनुपर्ने आवाज पनि उठेको छ । हालसम्म कुनै लिखित इतिहास नभेटिएको सो ठाउँलाई पञ्चकन्या देवी भनेर पुजा गर्ने गरिएको स्थानीय ध्रुव बस्नेतले बताए ।

उक्त स्थानमा पुजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । उक्त पौराणिक घर संरक्षणको अभावमा जीर्ण हुँदै गएको छ भने त्यहाँका बहुमूल्य सामग्री पनि चोरी भएको स्थानीयको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!