सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । वर्तमान सरकारमा बाह्य शक्तिको हस्तक्षेप र चलखेल भएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाएको छ । बुधबार धनकुटामा  पत्रकार सम्मेलन गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार विदेशी हस्तक्षेपको उपज भएको धारणा राखेको हो ।

जेनजी आन्दोलनको आडमा बनेको सरकारले मुलुकको समस्या र युवाको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने विप्लव नेतृत्वको पार्टीले जनाएको छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी धनकुटाका सचिव विशाल सीले अहिले गठन भएको सरकारले जेनजी आन्दोलन र नागरिकको बलिदानलाई वेवास्ता गर्दै भ्रष्टाचार, राष्ट्रघात, तस्करी र दलालीविरुद्धको सङ्घर्षलाई सम्बोधन गर्न नसक्ने दावी गरे ।

जेनजी आन्दोलनको मुख्य लक्ष्य नयाँ मन्त्रिपरिषद् र सरकार नभइ नयाँ राज्य संरचना, संविधानको पुनर्लेखन, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गर्नुपर्ने रहेपनि त्यो अहिलेको सरकारबाट पूरा नहुने उनको धारणा थियो ।

जेनजी आन्दोलनमा साथ सहयोग रहेको बताउँदै उनले भ्रष्ट्राचार रोक्न तथा सरकारलाई दबाब दिन आन्दोलन भएपनि घुसपैठ हुँदा यो अवस्था आएको उल्लेख गरे ।

उनले भ्रष्टाचारीविरुद्ध आफ्नो पार्टी जहिले पनि खबरदारी गरिरहने बताए । देशमा कमजोर अवस्था सिर्जना भएकाले विदेशी हस्तक्षेप बढ्न सक्ने भन्दै सबै सचेत हुन पनि पार्टीले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!