झापाको आदिवासी रङ्गशालामा अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता हुने

झापाको आदिवासी रङ्गशालामा अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता हुने

झापा । किरात याक्थुङ चुम्लुङ लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता आयोजना गर्ने भएको छ । लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (उधौली) को अवसरमा केलाङ प्रतियोगिता आयोजना गर्न लागिएको चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले जानकारी दिए । झापाको लाट्टेआर्टमा आइतबार सम्पन्न समितिको छैटौँ पूर्ण बैठकले उक्त निर्णय गरेको केरुङले जानकारी दिए । मङ्सिर अन्तिम साता झापा...
नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक विराटनगरका दाहालको निधन

नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक विराटनगरका दाहालको निधन

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक गोविन्दप्रसाद दाहालको निधन भएको छ । विराटनगर–३ बुद्ध चोक निवासी ६० वर्षीय दाहाललाई क्यान्सर भएको पुष्टि भएको थियो । भारतको नयाँ दिल्लीमा उपचार गरी शनिबार साँझ उनलाई घर ल्याइएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार बिहान नोवेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतम बुद्ध अन्तर्...
पूर्वाञ्चल विश्वविद्यालयः बीबीएसको नयाँ पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

पूर्वाञ्चल विश्वविद्यालयः बीबीएसको नयाँ पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्नातक तह चार वर्षे बीबीएस तह २०२४ ब्याचदेखि लागू हुन लागेको नयाँ पाठ्यक्रमका सम्बन्धमा छलफल गरिएको छ । व्यवस्थापन सङ्कायका डीन डा. सन्देशदास श्रेष्ठको अध्यक्षतामा विभिन्न कलेजका प्रतिनिधिबीच आइतबार छलफल गरिएको हो । व्यवस्थापन सङ्कायको सभाहलमा भएको छलफल कार्यक्रममा १४ वटा क्याम्पसका प्रतिनिधिहरू लगायत अन्य सरोकारवालाको उपस्थिति थियो...
सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चिलियाटापुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय गङ्गाराम यादवलाई आफ्नै घरको चापाकलमा जडान भएको मोटरको तार जोड्ने क्रममा गएराति करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टम...
बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

खोटाङ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

चितवन । डेङ्गी सङ्क्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका–२ का १ जना पुरुषको भदौ १५ गते उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् । डेङ्गी सङ्क्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो । ...
अमेरिकाको मेरिल्यान्डमा नेपाली मृत भेटिए

अमेरिकाको मेरिल्यान्डमा नेपाली मृत भेटिए

विराटनगर । अमेरिकाको मेरिल्यान्डमा एकजना नेपाली मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्ट २७ मा उनी मृत फेला परेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको जनाइएको छ । उनको मृत्युको ...
भारतीय सीमा सुरक्षा बलद्वारा हतियारसहित नेपाली पक्राउ

भारतीय सीमा सुरक्षा बलद्वारा हतियारसहित नेपाली पक्राउ

रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनियामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपालीलाई हतियारसहित पक्राउ गरेको छ । तस्करहरूको समूहले रौतहटबाट ठूलो परिमाणमा गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले गएराति जाँच गर्दा अवैध हतियारसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको...
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभा । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने निर्णय गरेको छ । भदौ १३ गते  बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा ...
दुहबी जेसीजको आयोजनामा ‘मिसेस तिज २०८१’ हुँदै

दुहबी जेसीजको आयोजनामा ‘मिसेस तिज २०८१’ हुँदै

दुहबी । दुहबी जेसीजले तिज विशेष कार्यक्रमको चौथो संस्करण अन्तर्गत ‘मिसेस तिज २०८१’ आयोजना गर्ने भएको छ । दुहबी जेसीजले पत्रकार सम्मेलन गर्दै दुहबीका १२ वटा वडा र छिमेकी बुढीगङ्गा र गढी गाउँपालिकालाई समेटेर कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो । तिज मनाउने नाममा बढिरहेको विकृति अन्त्य हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको दुहबी जेसीज अध्यक्ष प्रकाश साहले जानकारी दिए । नारीहरूको व्य...
आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

विराटनगर । आज कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यो पर्व मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्...
सलकपुर मन्दिरमा तिज विशेष कार्यक्रम

सलकपुर मन्दिरमा तिज विशेष कार्यक्रम

विराटनगर । मोरङको सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आइतबार तिज विशेष कार्यक्रम गरिएको छ । विराटनगरका उद्यमी एवं सलकपुर कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राजु कटेल र उनकी धर्मपत्नी विमलाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति सलकपुरले तिज विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा मुक्तिधाम इटहरीका गादीपति कृष्णदास महाराज, वाइजुराज महिला समितिका केन्द्रिय उपाध्य...
धनकुटा बस्दै आएका चौबिसेलीहरू सङ्गठित, ऋषिराम ढुंगाना बने अध्यक्ष

धनकुटा बस्दै आएका चौबिसेलीहरू सङ्गठित, ऋषिराम ढुंगाना बने अध्यक्ष

धनकुटा । चौबिसे गाउँपालिका घर भई धनकुटा सदरमुकाम बस्दै आएकाहरू सङ्गठित भएका छन् । उनीहरूको भेलाले ऋषिराम ढुंगानाको अध्यक्षतामा ‘चौबिसे एकता समाज धनकुटा’ गठन गरेको छ । पुर्खौली घर चौबिसे भई धनकुटा आएर बसोवास गर्दै आएका र विभिन्न सिलसिलामा धनकुटा बस्ने चौबिसेलीहरुको भेलाले एकता समाज गठन गरेको हो । समितिको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सोविस चेम्जोङ, कोषाध्यक्षमा महेन्द्र न्यौपाने र सहसचिवमा ...
एन्फा महिला लिग फुटबल: वालिङलाई हराउँदै कोशी प्रदेशको विजयी सुरुआत

एन्फा महिला लिग फुटबल: वालिङलाई हराउँदै कोशी प्रदेशको विजयी सुरुआत

विराटनगर । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्‌घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतीक्षा राईले समान एक गोल गरे । प्रतियोगितामा भोलि सुदूरपश्चिम प्रदेश र बाग्मती युथ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना...
झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

झापा र इलामसहित विभिन्न जिल्लामा ६ जना मृत फेला

विराटनगर । कोशी प्रदेशको इलाम र झापासहित देशका विभिन्न जिल्लामा ६ जना मृत फेला परेका छन् । इलामको इलाम नगरपालिका–५ कटुसे पुलमुनि माई खोलाको छेउमा एक पुरुष मृत फेला परेका हुन् । माइजोगमाई गाउँपालिका–५ सोयाङ बस्ने ५७ वर्षीय रामकुमार श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । झापा शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा सोही ठाउँ बस्ने ६८ वर्षीया देवीमाया सिगु लिम्बू मृत अ...
दरहैयाको पाथिभरा जनता विद्यालयमा डेङ्गु सचेतना कार्यक्रम

दरहैयाको पाथिभरा जनता विद्यालयमा डेङ्गु सचेतना कार्यक्रम

विराटनगर । विराटनगर जेसीजले विराटनगर–१६ दरहैयास्थित पाथिभरा जनता आधारभुत विद्यालयमा डेङ्गु संक्रमण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । त्यस अवसरमा झुल पनि वितरण गरिएको थियो । विराटनगर जेसीजका अध्यक्ष तुलसी निरौलाको सभापतित्वमा भएको कार्यक्रममा महानगर पालिकाका जनस्वास्थ्य अधिकृत हैदर अलीले सचेतनामूलक जानकारी  दिएका थिए । नेपाल एग्रो सेन्टरका सञ्चालक अनिलकुमार साहको सहयोगमा झुल वितरण गरिएको...
धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ तयार पारेको छ । उक्त पाठ्यक्रमको लोकार्पण गरिएको छ । सरोकारवालासँग विभिन्न चरणको छलफल र स्थानीय शिक्षाविद् एवं बुद्धिजीवीहरूको राय एवं सल्लाह सुझावका आधारमा तयार पारिएको पाठ्यक्रमको गाउँपालिका अध्यक्ष मनोज राईले लोकार्पण गरेका हुन् । गाउँपालिकाभित्रका हरेक कुरा विद्यार्थीहरूलाई जानकारी हुने गरी विषयवस्तु समावेश गरेर पाठ्य...
करेन्ट लागेर सुनसरीमा एक जनाको मृत्यु

करेन्ट लागेर सुनसरीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । निर्माणाधीन घरमा वाइरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
धरान आएकी ताप्लेजुङकी युवती बलात्कृत

धरान आएकी ताप्लेजुङकी युवती बलात्कृत

सुनसरी । धरानमा एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा धरान आएकी ती युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी ...
नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक

काठमाडौँ  ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि हरेक प्रदेशबाट १–१ टोली चयन गरेको हो । वाग्मती प्रदेशको हकमा भने दुई टोली रहनेछ । वाग्मतीबाट काठमाडौं र चितवनको टोली हुनेछ । अन्य टोलीमा विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । ...
झापाको सुरुंगामा बस दुर्घटना

झापाको सुरुंगामा बस दुर्घटना

झापा । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटना भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण ...
भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुरमा चौंरीपालन व्यवसाय घट्यो

भोजपुर । भोजपुरमा चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्र अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले आठ/दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रवि...
सिरहामा सर्पदंशबाट युवतीको मृत्यु

सिरहामा सर्पदंशबाट युवतीको मृत्यु

जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापामा बसको ठक्करले इलामकी महिलाको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नम्बरको बसले गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उप...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८२...
महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

महिला लिग आजदेखिः उद्‌घाटन खेलमा कोशी र वालिङ भिड्ने

काठमाडौँ । एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको उद्‌घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा सुरु हुनेछ । प्रतियोगिताको उद्‌घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार लिग दुई चरणमा हुनेछ । लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागीय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र...
सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

सुशील कोइराला फाउण्डेसनद्वारा महिला नेतृहरू सम्मानित   

विराटनगर । सुशील कोइराला फाउण्डेसनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेसनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेसनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईलाई सम्मा...
झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

झोराहाटको मञ्चमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ ले निर्देशन गरेको नाटकको ५१ औँ शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा ३० शो तथा झोराहाटमा २१ शो मञ्चन भएको हो । नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगर लगायतका स्थानबाट बाक्लो स...
मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए । अर्जुनकी श्रीमती २९...
हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा तामाङ

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा आशिष तामाङ निर्वाचित भएका छन् । क्लबको शनिबार भएको छैटौँ साधारणसभाबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा लक्ष्मण प्रधान, सहसचिव पेम्बा लामा र कोषाध्यक्षमा कुमार तितुङ चयन भएका छन् । सदस्यमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी चुनिएका छ...
error: Content is protected !!